+
+

आफ्नै मामाको हत्या आरोपमा सर्लाहीमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते १६:२७

२८ जेठ, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए । मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?