+
+

युवा लक्षित रोजगारी सिर्जना गर्न चेम्बर अफ कमर्सले स्थानीय तहसँग सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १४:१४

२९ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन् ।

महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए ।

युवा उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोतको उच्चत्तम प्रयोग, विदेशमा सिकेको सीपलाई नेपालमा प्रवर्द्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्लको भनाइ छ ।

‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनीहरुको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । सरकाले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने बजेटमा घोषणा गरेको छ,’ मल्लले भने, ‘युवाहरुको सीपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ । यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानी मार्फत विदेशमा सिकेको ज्ञान तथा सीपलाई उत्पादनसँग जोड्न सकिन्छ ।’

युवा स्वरोजगारी मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुक भित्रका प्राकृतिक स्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड थियो ।

अध्यक्ष मल्लले महोत्तरीमा उत्पादित उखु, फलफूल लगायत अन्य उपभोग्य वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्ने समेत बताए । मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुनेगरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्ने समेत उनको भनाइ थियो ।

मुलुकमा चरम व्यापार घाटा भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सवैभन्दा ठूलो चुनौती भएको बताउँदै आयत र निर्यातलाई व्यवस्थित गर्नुपर्ने बताए । मल्लले कर राजश्व नीति पनि एकद्वारको हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?