+
+

बजेट पास हुने बित्तिकै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्रीको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ११:०५

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै नेताहरु सोमबार बिहान फेरि प्रधामन्त्रीलाई भेटन गएका हुन् ।

भेटमा आफूहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई सोधेको र प्रधानमन्त्रीले बजेट लगत्तै नागरिकतासम्बन्धी विधेक संसदबाट पारित गर्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिए । दलहरुबीचको किचलोका कारण नागरिकतासम्बन्धी विधेयक २०७५ भदौदेखि संसदमा अड्केको अड्क्यै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?