+
+

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी पाउनुपर्छ, असंलग्न परराष्ट्र नीतिमा ध्यान दिनुपर्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ११:४२

३० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’ उनले भने ।

कुनै पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने पनि बताए । ‘हामी असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन त्यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं । यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ,’ उनले भने ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताउँदै उनले भने, ‘के-के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?