+
+

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेटघाट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:४७

३० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ ।

आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका थिए । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।

दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । ‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’

नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?