+
+

किसान मल नपाएर छटपटाइ रहेका छन्, कृषिमन्त्री विदेश सयरमा : सांसद रावल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १३:०५

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले कृषि तथा पशुुपन्छी विकासमन्त्री महेन्द्रराय यादव किसानको समस्यामा बेखबर भएर विदेश भ्रमण गएको आरोप लगाएका छन् ।

संसदमा नेकपा एमालेले पेश गरेको किसानलाई रासायनिक मल उपलब्ध गराउनेसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै सांसद रावलले किसानको समस्यामा बेखबर बस्ने कृषि मन्त्रीप्रति कृषकको तर्फबाट खेद प्रकट गर्ने पनि बताए ।

मानो रोपेर मुरी उब्जाउने बेला किसान मल नपाएर छटपटाइ रहेको तर कृषिमन्त्री किसानको समस्यामा कानमा तेल हालेर बसेको र विदेश भ्रमणमा गएको रावलको आरोप छ ।

‘जनताहरु अहिले सरकार खोजिरहेका छन् । कृषि मन्त्रीज्यू जनताको समस्यामा बेखबर हुनुहुन्छ, उहाँ विदेश सयरमा हुनुहुन्छ,’ रावलले थपे, ‘किसान मलका लागि सिंहदरबार कुरेर बसेको बेला विदेश भ्रमणमा जाने मन्त्रीप्रति कृषकको तर्फबाट खेद प्रकट गर्दछु ।’

सरकार किसानलाई मल उपलब्ध गराउन भन्दा कसरी कमिशन र भ्रष्टाचार गर्न पाइन्छ भनेर मुख ताकेर बसेको उनको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?