+
+

स्ट्यान्डिङ क्रिकेट शृंखलामा नेपालको सान्तवना जित, उपाधि भारतलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १५:२५

३० जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले भारतलाई १ विकेटले पराजित गरेको छ ।

लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै भारतले उपाधि जितेको हो । पहिलो खेलमा नेपाल भारतसँग ५ रन र दोस्रो खेलमा ७७ रनले पराजित भएको थियो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेको नेपालका लागि ओपनर डम्बर बहादुर मगरले सर्वाधिक २३ रन बनाए । अर्का ओपनर ब्याटर विकेक शर्मा शुन्यमै क्याच आउट भए । सातौं क्रमका ब्याटर कुञ्ज विहारी चौधरीले २० र नवौं क्रममा आएका ब्याटर छविलाल धोवीले १० रन बनाए ।

भारतका लागि अरुण गिरी र सायद शाह अजिजले सर्वाधिक ३-३ विकेट लिए । नमी चन्द्र र अमित कुवँरले १-१ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारत १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा सिमित भएको थियो ।

भारतका लागि ओपनर ब्याटर जमिर पठानले सर्वाधिक १७ रन बनाए । त्यस्तै अर्का ओपनर राम बरनले १० रन बनाए । तेस्रो र चौथो क्रमका ब्याटर सायद शाह अजिजल र अरुण गिरीले क्रमशः १२ र १७ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि, सुमन बरालले सर्वाधिक ४ विकेट लिए । राजकुमार कोइरीले २ र तबरेज आलमले १ विकेट लिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?