+
+

जिसस गोरखाको प्रमुखसहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १७:१३

३० जेठ, गोरखा । जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनबाट प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा नगरपालिकाका मोहन बहादुर थापा मगर र उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लिला परियार चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मोहन ढकाल (बारपाक सुलिकोट), मोहम्मद हकिम (भीमसेन थापा), शिवप्रसाद रेग्मी (गण्डकी), इन्दिरा देवकोटा (अजिरकोट), मिरा उपरकोटी (सिरानचोक), परमिना घले (धार्चे), गंगाबहादुर बयलकोटी (पालुङटार) चयन भएका छन् ।

सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरुको एकल उम्मेदवारी परेको थियो । नवनिर्वाचित जिसस प्रमुख मगरलाई मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले सपथ ग्रहण गराएका छन् ।

सोमवार जिसस हलमा आयोजित एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको हो । लगतै जिसस प्रमुख मगरले उपप्रमुख र सदस्यहरुलाई सथप ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?