+
+

‘तीतो सत्य’बाट चर्चित राज र अभिनेत्री सुनिशाले आगामी साता बिहे गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १२:२१

काठमाडौं । ‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच आगामी साता विवाह हुने भएको छ ।

असार ७ गते उनीहरुबीच विवाह हुन लागेको अभिनेता तथा निर्देशक समेत रहेका राजका बुवा शंकर आचार्यले अनलाइनखबरलाई जानकारी दिए । यी दुईले प्रि-वेडिङ फोटोसुट पनि गराइसकेका छन् ।

विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर राज यतिबेला नेपालमै छन् । सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा व्यस्त छिन् ।

उनीहरु केही समयदेखि प्र्र्रेममा रहेको जनाइएको छ । राजका बुवा तथा अभिनेता शंकरले छोराको बिहेको खबरलाई पुष्टि गरे । दीपकराज गिरी र दीपाश्री निरौलाको समेत मुख्य भूमिका रहेको सिरिज तीतो सत्यमा राजले बाल कलाकारको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?