+
+

अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १४:५६

३१ जेठ, काठमाडौं । अन्तर संवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगितामा लोक सेवा आयोग पहिलो भएको छ । प्रतिस्पर्धामा सहभागी आठ टोलीलाई पछि पार्दै लोक सेवा आयोग पहिलो भएको हो ।

लोक सेवाको टोलीमा शाखा अधिकृतद्वय तिलक सापकोटा र मदन कुमार बजगाईं तथा नायब सुब्बा ईश्वरी अधिकारी थिए ।

मंगलबार भएको फाइनल प्रतिस्पर्धामा लोक सेवा आयोगको टिमले ९० अंक प्राप्त गरेर पहिलो भयो । ८० अंकसहित थारु आयोग दोस्रो भयो । ५५ अंकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो र ४५ अंकसहित मानव अधिकार आयोग चौथो भए ।

विजेताहरुलाई लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीलगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।

लोक सेवा आयोगको ७२ औं वार्षिक उत्सवको अवसरमा लोक सेवा आयोगले अन्तर संवैधानिक निकाए हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । आठ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । दुई समूहबाट उत्कृष्ट दुई/दुई वटा टोली फाइनलमा पुगेका थिए ।

मंगलबार भएको फाइनलमा प्रतिस्पर्धामा लोक सेवा आयोग र थारु आयोगबीच बराबर अंक भएपछि पुनः थप तीनवटा प्रश्न सोध्दा लोक सेवा विजयी भयो ।

हाजिरीजवाफ प्रतियोगिताको प्रश्न पनि लोक सेवा आयोगले लिने परीक्षाकै शैलीमा विज्ञ समूहबाट निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?