+
+
Shares

गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी मृ*त फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी मंसिर १ गते बिहान आफ्नै निवासको कोठामा अचेत भेटिएर जिल्ला अस्पताल तम्घासमा मृत घोषणा गरिएका छन्।
  • मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
  • प्रहरीले घटनास्थल र शव परीक्षणसम्बन्धी प्रारम्भिक अनुसन्धान पूरा गरी शव परिवारको जिम्मा लगाएको छ।

२ मंसिर, गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईंतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् ।

मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए । ढोकाभित्रबाट चुकुल लगाएर बन्द गरिएको र झ्यालसमेत बन्द थियो । झ्यालको लक तोडेर भित्र प्रवेश गर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए ।

तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइएका केसीलाई चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए ।

घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए ।

घटनास्थल तथा शव परीक्षणसम्बन्धी प्रारम्भिक अनुसन्धान पूरा गरी शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केसीको दाङको घोराही उपमहानगरपालिका-१०, नारायणपुरस्थित दुन्द्राघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?