+
+
Shares

इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर सुरज खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
  • एसएसपी सन्तोष खड्काले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै खत्रीलाई पुरस्कृत गरेका हुन्।
  • खत्रीको टिमले कलंकीबाट युवक अपहरण गरी नागार्जुनमा बन्धक बनाएको घटनाको अनुसन्धान गर्दै ७ जनालाई पक्राउ गरेको छ।

३ भदौ, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज खत्री उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो ।

अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।

इन्स्पेक्टरले खत्रीले गुण्डागर्दी, अपहरण, हत्या जस्ता जघन्य अपराधको अनुसन्धान गरेका छन् । अपराध अनुसन्धानमा खत्री अब्बल मानिन्छन् ।

उनैको टिमले केही दिनअघि मात्रै कलंकीबाट युवक अपहरण गरेर नागार्जुन लगी बन्धक बनाएको घटनाको सफल अनुसन्धान गरेको थियो ।

अपहरणमा परेका युवकलाई बन्धक बनाउँदै प्लाष्टिकको पाइपले पिटेर याताना दिने र १८ लाख फिरौती समेत माग गरिएको थियो । ती युवकलाई उद्दार गर्नुका साथै अपहरणमा संलग्न ७ जना पक्राउ परेका थिए ।

अपराध अनुसन्धान कार्यालयको इतिहासमै पहिलो पटक यही अपहरणको मुद्दा यो कार्यालयले आफैं चलाएको छ । यसअघिसम्म भने अनुसन्धान बाहेक मुद्दा चलाउने अधिकार यो कार्यालयलाई थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?