+
+

ईपिजी प्रतिवेदन बुझ्न नेपाल तयार छ : परराष्ट्र मन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १६:२५

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मंगलबार प्रतिनिधिसभामा उनले भने, ‘नेपाल सरकार उक्त (इपिजी) प्रतिवेदन बुझ्न तयार छ ।’

ईपिजी प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नु दुई देशको हितमा हुने उल्लेख गर्दै मन्त्री खड्काले थपे, ‘त्यसबाट इतिहासदेखि बाँकी रहेका विषयवस्तुको सम्बोधन गर्न र छिमेकीहरुको सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुर्‍याउँछ भन्ने नेपाल सरकार विश्वास गर्छ ।’

नेपाल भारत बीचमा रहेका सन्धि तथा सम्झदारीको पुनरावलोकन एवं द्विपक्षीय सम्बन्धका समग्र पक्षमा अध्ययन गरी सुझाव दिने गरी सन २०१६ मा ईपिजी गठन भएको थियो । ईपिजीले प्रतिवेदन तयार पारिसकेको छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न समय नदिँदा उक्त प्रतिवेदन सार्वजनिक तयार भएर पनि सार्वजनिक हुन नसकेको छैन ।

यसअघि, नेपाल भारत बीचको ज्वाइन्ट कमिसनको बैठकमा समेत ईपीजीको सचिवालयले दुबै सरकारलाई प्रतिवेदन बुझाउने बारेमा पहल गर्ने विषयमा छलफल भएको मन्त्री खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?