0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सर्वदलीय बैठकमा एमालेले उठायो ईपीजीको विषय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पाँचदिने भारत भ्रमणबारे जानकारी दिन २५ जेठमा सर्वदलीय बैठक आयोजना गर्नुभयो।
  • बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनबारे कुरा उठेको छ कि छैन भनी प्रश्न गर्नुभयो।
  • सभापति लामिछानेले १८ जेठदेखि शुरू भएको भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशङ्करलगायतसँग भेटवार्ता गर्नुभएको थियो।

२५ जेठ, काठमाडौं । सर्वदलीय बैठकमा नेकपा एमालेले नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञहरू सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को प्रतिवेदनको विषय उठाएको छ ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने, ‘भारत भ्रमणका क्रममा ईपीजीको विषय उठ्यो कि उठेन ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेका हुन् ।

लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।

भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् । त्यसक्रममा एमालेले ईपीजीको विषय उठाएको हो ।

दुई वर्ष लगाएर तयार भएको उक्त प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक सम्झौता भइ ईपीजी गठन भएको थियो । ईपीजी गठन गरेकामध्ये कोइरालाको निधन भइसकेको छ । नरेन्द्र मोदी हाल पनि भारतमा प्रधानमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?