
३१ जेठ, झापा । प्रहरीले ८ ग्राम ५२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ हापाडाँगी बस्ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेका छन् ।
उनीहरुलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट पक्राउ गरेको हो ।
प्रहरीले सुरज मेचेको साथबाट लागुऔषध ब्राउन सुगर, नगद ७३ हजार रुपैयाँ, १ थान मोबाइल र घरबाट १ थान डिजिटल मिनी तराजु बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4