+
+

इटलीमाथि जर्मनीको शानदार जित,  ६५ वर्षपछि इटलीले एकै खेलमा ५ गोल खायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ७:२०

१ असार, काठमाडौं । यूईएफए नेशन्स लिग फुटबलमा मंगलबार भएको जर्मनीले इटालीलाई ५-२ ले पराजित गरेको छ । जर्मनीको फराकिलो जितमा जित  टिमो वेर्नेरले दुई तथा जो सुअ किमिच, ईल्के गुन्डागोन र थोमस मुलरले एक एक गोल गरे ।

इटलीका लागि १८ वर्षीय विल्फ्रिड जिनान्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरे । जिनान्टो इटलीका लागि गोल गर्ने युवा खेलाडीसमेत बने ।

६५ वर्षपछि इटलीले एकै खेलमा ५ गोल खाएको हो । सन् १९५७ मा भएको सेन्ट्रल युरोपियन कपमा इटली युगोस्लाभियासँग ६-१ ले पराजित भएको थियो ।

जर्मनीले प्रतियोगितात्मक खेलमा इटलीलाई पहिलो पटक पराजित गरेको हो । जितपछि लिग ए को समूह सीमा जर्मनी ६ अंक जोडेर दोस्रो स्थानमा छ । इटली ५ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?