+
+

बागलुङमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु   

रासस रासस
२०७९ असार १ गते ११:१९

१ असार, बागलुङ । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका-२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा मंगलबार राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड-२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।

बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?