+
+
Shares

बारा, पर्साको उखुमा रेड रोट रोगको प्रकोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:२४

१ असार, कलैया । बारा, पर्सा र आसपासका जिल्लामा लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ

रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालि श्रीपुरका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको छ ।

उखुको भित्र रातो हुने रोग नै रेड रोट हो ।  भेराइटी उखुको लागि रेड रोट रोक क्यान्सर जस्तै खतरनाक हुन्छ । ‘उखुको तेश्रो र चैथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको हुन्छ’, श्रीवास्तवले भने, ‘समयमै उपचार गरिएन भने सारा खेतमा फैलेर सबै बाली नै नस्ट गर्न सक्ने खतरा हुन्छ ।’

रेड रोट रोगबाट उखु बचाउनका लागि आफूहरुले यसको उपचारका लागि प्रयोग हुने रोको नामक पाउडर औषधि उधारोमा नै किसानलाई वितरण गरिरहेको रिलायन्सक उखु व्यवस्थापक अतुल मिश्रले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?