+
+

ताला लगाउने विद्यार्थी संगठनलाई पोखरा विश्वविद्यालयले वार्तामा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:३९

१ असार, काठमाडौं । पोेखरा विश्वविद्यालयले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) को आधिकारिक संगठनलाई वार्तामा आउन अनुरोध गरेको छ ।

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) जिल्ला कमिटी, कास्कीले ताला लगाएको सूचना टाँस गरेको छ ।

उक्त सूचनामा प्रयोग भएको संगठनको लेटरप्याडको आधिकारिकतामाथि प्रश्न उठेकोले आधिकारिक संगठनलाई वार्तामा आउन विश्वविद्यालयले अनुरोध गरेको जनाएको छ ।

बुधबार विश्वविद्यालयका रजिष्ट्रार डा.दीपकबहादुर भण्डारीले सूचना जारी गर्दै तीन दिनअघि लगाइएको तालाको विषयमा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा भएको छलफलले प्रयोग भएको लेटरप्याडको आधिकारिकतामा प्रश्न उठाएको हुँदा यथाशिघ्र आधिकारिक संगठनलाई वार्तामा आउन सूचित गरेका छन् ।

अन्यथा विश्वविद्यालयमा भएको तालावन्दी विश्वविद्यालय प्रशासनले खोल्ने जानकारी सूचित गरिएको छ ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?