+
+

मिस नेपालको सब-टाइटल प्रतिस्पर्धा सकियो, २४ सुन्दरीले नापे र्‍याम्प (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ११:३३

काठमाडौं । मिस नेपाल २०२२ का सबै ९ वटा सब-टाइटलको प्रतिस्पर्धा सकिएको छ । बुधबार र्‍याडिसन होटलमा अन्तिम २४ जना प्रतिस्पर्धीले ‘बर्जर मिस ग्ल्यामर’ विधामा प्रतिस्पर्धा गरे ।

बर्जर पेन्ट्स नेपालले सहप्रायोजन गरेको यो विधामा सहभागी सुन्दरीले र्‍याम्प नापे । शो स्टपरको रुपमा पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले पनि फेसन शो प्रस्तुत गरिन् । प्रतिस्पर्धीले डिजाइनरद्वय मुकु बुटिकका मुक्तिका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका सिल्क मेटालिका र नन-मेटालिका डिजाइनमा र्‍याम्प नापे ।

रचना गुरुङ शर्माको कोरियोग्राफी रहेको उक्त प्रतिस्पर्धामा सबै जना प्रतिस्पर्धीलाई आठ–आठ समूहमा विभाजन गरिएको थियो । मिस नेपाल आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले सबै सहविधाका प्रतिस्पर्धा समापन भएको बताए ।

मिस नेपालको ग्रान्ड फिनाले शनिबार आयोजना हुँदैछ ।

तस्वीर सौजन्य : हिडन ट्रेजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?