+
+

इंग्लिस प्रिमियर लिगका खेल अगस्ट ५ देखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १५:२८

२ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२-२३ को खेलतालिका सार्वजनिक भएको छ ।

प्रिमियर लिगले बिहीबार आगामी सिजनको लागि खेलतालिका सार्वजनिक गरेको छ । प्रिमियर लिगको यो सिजनको पहिलो खेल अगष्ट ५ मा आर्सनल र क्रिस्टल प्यालेसबीच हुनेछ । अगस्ट ७ तारेखमा च्याम्पियन म्यानचेष्टर सिटीले वेष्टह्यामसँग खेल्नेछ ।

यस्तै अगष्ट ६ मा लिभरपुलले नवप्रवेशी पुलहमसँग खेल्नेछ भने चेल्सीले एभरटनसँग खेल्नेछ । सोही दिन एस्टन भिलल्ले अर्को नवप्रवेशी बर्नमाउथसँग खेल्नेछ । लेस्टर सिटीले ब्रेन्टफोर्ड, लिड्सले वल्भससँग तथा टोटनहम हट्सपरले साउथह्याम्पटनसँग खेल्नेछ ।

यस पटक जाडोयाममा विश्वकप फुटबल हुने भएकाले नोभेम्बर १२-१३ देखि डिसेम्बर २६ सम्म कुनै खेल हुने छैन । विश्वकप फुटबल २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म एसियाली राष्ट्र कतारमा आयोजना हुँदैछ ।

१९९९ पछि पहिलो पटक प्रिमियर लिगमा फर्केको नटिङहम फरेस्टले पहिलो खेल न्यूक्यासल युनाइटेडसँग खेल्नेछ ।

विश्वकप फुटबलका लागि मिड सिजनमा करिब ६ साता ब्रेक हुने प्रिमियर लिग यस पटक अघिल्लो सिजन भन्दा एक साता अघि सुरु हुन लागेको हो । यस्तै लिगको समापन पहिला भन्दा एक साता पछि अर्थात २०२३ मे २८ मा हुनेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि १४ नोभेम्बरसम्म खेलाडी रिलिज गर्नुपर्ने बताएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?