+
+

मकवानपुरको जिसस प्रमुखमा माओवादी केन्द्रका घलान निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १६:३४

२ असार, हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा घलान १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्तारुढ गठबन्धनको समर्थनमा जिसस प्रमुखमा निर्वाचित भएका हुन् ।

उपप्रमुख र सदस्यमा पनि सत्तारुढ गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्षको पदबाट राजीनामा दिएर घलानले जिसस प्रमुखमा उम्मेदवारी दिएका थिए । जिसस प्रमुखकै आकांक्षी नेकपा एमालेबाट बुद्धिराम डिम्डुङले ३ मत मात्रै पाएका छन् । यस्तै जिसस उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइँटेल सर्वसम्मत चुनिए ।

उनको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । महिला सदस्यमा नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएकी बिनाकुमारी थिङ लामा पराजित भएकी छन् । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियार सर्वसम्मत चयन भइन् ।

खुलातर्फ ३ जना सदस्यमा नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) ल्याएर निर्वाचित भए । नेकपा एमालेका तोयानाथ तिमल्सिना (३ मत) पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?