+
+

राप्रपाको महिला संगठन अध्यक्षमा रावल मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १९:२५

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनित भएकी छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र बिहीबार हस्तान्तरण गरेका हुन् ।

लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आवद्ध रही विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् ।

रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्याण्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि महिला संगठनको अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।

संगठनमा आवद्ध महिलाहरुको पटक पटक भएको भेलाबाट नेतृत्वमा सहमति नभएपछि अध्यक्ष टुंगो लगाइदिन पार्टीलाई अनुरोध समेत गरेका थिए ।

पार्टीको भ्रातृ संगठन हेर्ने निकाय संगठन विभागका प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले रावललाई संगठनको अध्यक्ष पदमा मनोनयन गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?