+
+

छिमेकीको कुटाइबाट मृत्यु

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार ३ गते ११:३५

३ असार, वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अनुसार गएराति ११:२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए ।

विवादले उग्र रुप लिएपछि महेश रामले दशैंको टाउकोमा लाठीले हानेका थिए । लाठी प्रहारबाट बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न २ जना पक्राउ

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साकै छिपरमाई गाउँपालिका २ टिहुकी बस्ने ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरेको हो । कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘मृतकको टाउकोमा चोट देखिएको छ, शरीरका अन्य भागमा पनि चोट हुन सक्छ । लाश जाँच मुचुल्का र पोष्टमार्टम लगायत अनुसन्धान प्रक्रिया बाँकी नै छ,’ उनले भने ‘घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं । फरार रहेका व्यक्तिको पनि खोजी गरिरहेका छौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?