+
+
Shares

माधव नेपालले बैठक रोकेपछि युवा संघमा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:१०

३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको बैठक रोक्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएपछि असन्तुष्टि उत्पन्न भएको छ।

युवा संघ नेपालको असार ३ र ४ गते बस्ने गरि तय भएको पदाधिकारी बैठक रोक्न नेपालले निर्देशन दिएपछि युवा संघका नेताहरु रुष्ट भएका छन्।

बैठक रोक्न पार्टीले लिखित सुर्कलर पठाएपछि संघका महासचिव दीपक जिएमले पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेताहरु झलनाथ खनाल, महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल लगायतको बोदार्थसहित बैठक रोकेका छन्।

युवा संघको बैठक रोकिएपछि सम्मानित नेता झलनाथ खनालले संघका नेतारुलाई भेटेर यसबारे आफूले पार्टी अध्यक्ष नेपालसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?