+
+

चितवनको माडीमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १९:१४

४ असार, चितवन । चितवनको माडीमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घरकोभित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा माडी नगरपालिका वडा नं. ८ बस्ने २५ बर्षका सूर्य गुरुङ र सोही ठाउँ बस्ने ३० बर्षका शिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार सुरुमा गुरुङ इनारभित्र पसेका थिए । तर उनले सहयोग गर्न हातले इशारा गरेपछि राई कम्मरमा डोरी बाँधेर गुरुङलाई उद्दार गर्न इनारभित्र गएका थिए । राईले बाँधेको डोरी चुडिएपछि उनी पनि तल खसेका प्रहरीले जनाएको छ । दुबै जनाको अक्सिजनको कमी भई मृत्यु भएको प्रहरीको अनुमान छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?