+
+
Shares

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आवेदन खुल्यो, यस्ता छन् मापदण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते ११:१३
फाइल तस्वीर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ ।

मन्त्रालय अन्तर्गतको संस्थान समन्वय शाखाले जारी गरेको १५ दिने सूचनामा अध्यक्ष बन्न योग्य उम्मेदवारको मापदण्ड पनि तोकिएको छ । जसमा दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी यस क्षेत्रमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख छ ।

कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको, कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको मापदण्ड पनि छन् ।

सन् २००० को ३० जुनमा स्थापना भएको बोर्ड पछिल्लो समय राजनीतिक दलहरुले सक्षम र योग्यभन्दा पनि आफू निकट व्यक्तिलाई नियुक्ति गरेको भन्दै विवादित बनेको छ ।

अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ । मन्त्रालयले अध्यक्ष पदको लागि सूचना जारी गर्नुभन्दा एक महिनादेखि नै केही फिल्कर्मीले नियुक्तिको लागि दौडधूप सुरु गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?