+
+

अमिषा पटेललगायत तीन बलिउड सुन्दरीको प्रस्तुतिले तात्यो झापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १२:३२

काठमाडौं । तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् ।

यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् । १० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२ तारिखमा अमिषाले प्रस्तुति दिएकी थिइन् ।

अमिषाले आधा दर्जनभन्दा बढी चर्चित गीतमा डान्स गरेकी थिइन् । ‘कलियुगका चमन’ गीतबाट हिट गायिका नैडूले आफ्ना चर्चित ट्रयाक गाएर माहोल तताइन् ।

‘बाहुबली’ फिल्मको पहिलो भागमा नायक प्रभाससँग आइटम गीतमा स्क्रिन सेयर गरेकी अभिनेत्री स्काटरलेट पनि डान्सिङ प्रस्तुति दिएकी हुन् । भारतको इभेन्ट म्यानेजमेन्ट कम्पनी जय माता दीले महंगो पारिश्रमिकमा यी तीन सेलिब्रिटीलाई नेपाल ल्याएको हो ।

तस्वीरहरु

क्यासिनो भेगासमा प्रस्तुति दिंदै बलिउड अभिनेत्री अमिषा पटेल
क्यासिनो भेगासमा मेघना नैडू
क्यासिनो भेगासमा प्रस्तुति दिंदै स्कारलेट विल्सन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?