+
+

प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र प्रतिकूल भन्ने प्रस्तावले विवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते ११:४७

५ असार, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकूल भन्ने कि नभन्ने विषयमा विवाद भएको छ ।

समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्राधनमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेल स्वयंमले समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण होला भन्दै बचाउ गरेकी थिइन् । लामो छलफलपछि निर्णय गर्ने बेला भयो ।

नेकपा एमाले सांसद ईश्वर पोखरेलले निर्णयको खेस्रा तयार पारे, जसमा प्रदीप ज्ञवालीले पनि सहमति जनाएपछि समिति सभापति खरेलले निर्णय मस्यौदा गर्न पठाइन् । सभापतिले त्यही निर्णय प्रस्ताव गरेपछि विवाद सुरु भएको हो । प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकूल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरिन् ।

तर कांग्रेस र माओवादी सांसदहरुले सहमति जनाएनन् । प्रधानमन्त्री आएको भए राम्रो हुन्थ्यो भनेका उनीहरुले लोकतन्त्रको प्रतिकूल भनेर भन्न नसकिने बताएका छन् । कांग्रेस सांसद पुष्पा भुसालले फेरि पनि बोलाउन सकिने तर, प्रस्तावअनुसार निर्णय गर्न नहुने बताइन् ।

भुसालको प्रश्न छ, ‘केपी ओलीलाई साढे ३ बर्ष समितिमा उपस्थित गराउन नसक्दा केही निर्णयमा पहल नगर्ने, अहिले प्रश्न गर्ने गरी निर्णय गर्ने, किन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?