+
+

द ब्रिटिस कलेजमा ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सेप्टेम्बरदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १४:१५

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सुरु हुने भएको छ । कलेजका अनुसार बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको हो ।

आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको कलेजको दावी छ ।

यो प्रोग्रामको करिकुलम निकै लचिलो रहेको कलेजले जनाएको छ । यो प्रोग्राम विद्यार्थीहरुलाई शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरु सञ्चालन हुनेछन् । विद्यार्थीहरुले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण द ब्रिटिस कलेजले उपलब्ध गराउन लागेको हो ।

कलेजका अनुसार ईएमबीए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्नेछ । वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भूमिकामा खेल्ने व्यवसायिकहरुलाई यस विषयले लक्षित गर्छ । ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरुलाई अवसरहरु (जस्तैः प्रमुख उद्योग सल्लाहकार बोर्डसँग भेट्ने, कन्सलटेन्सी प्रोजेक्टमा) प्रदान गर्नेछ ।

ब्रिटिस कलेजमा विकेन्ड ईएमबीए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुबई वा सिंगापुरमा अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन् ।

प्रोगामबारे चर्चा गर्दै विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेतले पछिल्लो समय प्रतिस्पर्धा बढ्दो रहेको र विश्वले निरन्तर व्यवसायको स्केलेविलिटीको बारेमा मात्र नभई समाजमा योगदान पुर्याउन सक्ने नेतृत्वको माग गर्दै आइरहेको बताइन् । उनले भनिन्, ‘यो पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउनेछ । व्यवसायिक रुपमा काम गर्न यो प्रोग्रामले महत्वपूर्ण भुमिका खेल्नेछ । हामीले सोही कारण यो प्रोग्राम ल्याएका हौं । जसले व्यवस्थापकीय नेतृत्वमा र परिवर्तनको भूमिका खेल्न व्यवसायिकहरुको आवश्यकता पूरा गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?