+
+

पटनाबाट दिल्ली उडेको विमानमा आगलागी, सबै सकुशल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १४:४१

५ असार, काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा  आकाशमै आगो लागेको छ ।

आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो ।

विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।

पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् ।

उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए ।

– भारतीय सञ्चार माध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?