+
+

अध्यक्ष नेपाल र गृहमन्त्री खाँणबीच नागरिकता विधेयकबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १९:०१

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री बालकृष्ण खाँणबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा संघीय संसदको चालु अधिवेशनमै नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो’ उनले भने, ‘कुराकानी सकारात्मक भएको छ ।’

एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँगै सो पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए

नागरिकता विधेयकको विषय लिएर गृहमन्त्री खाँणले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?