+
+

‘चिसो मान्छे’को तीन दिनको कमाइ १ करोड २८ लाख ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते ११:२१

काठमाडौं । स्वस्तिमा खड्का र अर्पण थापा स्टारर फिल्म ‘चिसो मान्छे’ले पहिलो सप्ताहन्तमा १ करोड २८ लाख रुपैयाँ ग्रस ओपनिङ गरेको छ । फिल्मले शुक्रबार ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख ग्रस कमाइ गरेको विवरण प्राप्त भएको छ ।

सकारात्मक समीक्षा प्राप्त गरेको फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । समीक्षाको प्रभाव ‘विक डेज’ र आगामी साता देखिने आशामा निर्देशक दीपेन्द्र के खनाल छन् ।

उनका अघिल्ला फिल्म पशुपतिप्रसाद, आमा र धनपतिले पनि पहिलो साताभन्दा दोस्रो सातामा उच्च कमाइ गरेका थिए ।

सिंगलभन्दा मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उच्च देखिएको छ । ‘हामी सकारात्मक वर्ड अफ माउथकै आशामा छौं । यसको प्रभाव आगामी सातामा देखिन सक्छ,’ निर्देशक खनालले भने ।

शुक्रबार नेपालसहित अमेरिका र माल्टामा समेत फिल्म रिलिज भएको हो । शर्मिला पाण्डेले निर्माण गरेको फिल्मले कोरोना महामारीको समयमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिको शवलाई काठमाडौंदेखि बाजुरासम्म लैजान तय गरिएको यात्रालाई पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?