+
+

‘२ नम्बरी’को फस्टलुक सार्वजनिक, यस्तो छ दयाहाङ र सौगातको गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:३०

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देखाइएको छ ।

रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि अटाएका छन् । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ ।

फिल्म कात्तिक ४ गते देशव्यापी रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?