
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस अवार्ड जितेको छ ।
१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’सहित अन्य देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ले न्यारेटिभ फिचर फिल्म विधा अन्तर्गत अवार्ड जितेको निर्देशक बोहराले जानकारी दिए ।
रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोसन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुँदै आइरहेको फेस्टिभलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुसी लागेको अभिनेता विक्रम जोशीले बताए ।
‘आफ्नो मेहनत, सोच र प्रस्तुतिले पुरस्कार पाउँदा हर्षित छु,’ जोशी भन्छन्, ‘आगामी दिनमा अझ सुन्दर फिल्म निर्माण तथा अभिनय गर्न प्रोत्साहन मिलेको छ ।’
गत चैत १८ गते देशभर प्रदर्शन भएको फिल्ममा विक्रम जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ र निर्देशक बोहरा स्वयंको प्रमुख भूमिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4