+
+

सुरेश प्राञ्जलीको उपन्यास ‘पानी घट्ट’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते ११:१२

काठमाडौं । लेखक सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवं अभिनेता खगेन्द्र लामिछाने, लोक गायिका शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक र यसको भाषिकाका विषयमा केन्द्रित रहेर अन्तरसंवाद समेत गरे । आप्रवासनविद् गणेश गुरुङले प्राञ्जलीको उपन्यासले एउटा कालखण्डको प्रेमकथालाई सूक्ष्म रुपमा चित्रण गरेको बताए । साथै भाषिक सौन्दर्यका दृष्टिले पनि उपन्यास राम्रो रहेको उनले बताए ।

अभिनेता लामिछानेले उपन्यास पढिरहँदा आफ्नै समाजका कथाव्यथा आफ्नै आँखाअगाडि आए जस्तो प्रतीत भएको बताए ।

कार्यक्रममा लेखक प्राञ्जलीले आफूले सानैदेखि गुरुङ समुदाय र रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको र त्यसको अभाव महसुस भएकाले आफैंले उपन्यास लेख्ने जमर्को गरेको बताए । साथै गुरुङ संस्कृतिलाई मूल धारको साहित्यमा ल्याउनुपर्छ भनेर पनि आफूले पानीघट्ट लेखेको उनको भनाइ छ ।

‘पानी घट्ट’ प्राञ्जलीको दोस्रो उपन्यास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?