+
+

सौगातले तीन महिना अभिनयबाट विश्राम लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १२:३२
फाइल तस्वीर

काठमाडौं । अभिनेता सौगात मल्लले तीन महिनाका लागि अभिनयबाट विश्राम लिने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भदौ १० गते प्रदर्शन हुने फिल्म राधालाई लक्षित गर्दै आफूले अन्य काम नगर्ने निर्णय गरेको जानकारी दिए ।

‘राधा’ सौगातले निर्माण गरेको पहिलो फिल्म समेत हो । ‘राधाभन्दा अघि मैले केही गर्दिनँ । त्यसकै दौडधूपमा हुन्छु । अन्य सेड्युललाई पनि पछि सारेको छु । आफैं प्रोड्युसर भएपछि सबै कामको लागि आफू हिंड्नुपर्ने हुन्छ,’ सौगातले भने ।

अहिले पोस्टप्रोडक्सन भइरहेको फिल्म राधामा स्वयं सौगात पनि खटिरहेका छन् । उनी अभिनित ‘कबड्डी ४’ले बक्स अफिसमा उच्च कमाइ गरिरहेको छ भने अर्को फिल्म ‘घनचक्कर’ प्रदर्शनको तयारीमा छ ।

अन्य दुई फिल्म गर्ने निश्चित भएपछि ‘राधा’ रिलिजको एक महिनासम्म आफूले केही गर्न नसक्ने सौगातले बताए । उनले निर्देशक समेत रहेका सुवर्ण थापासँग मिलेर ‘राधा’ निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?