+
+

भारतीय बजारमा टाटा मोटर्स गाडीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १५:३३

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ । कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो ।

हाल बजारमा सवारी साधन निर्माण एवं उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दा सावरी साधन निर्माणको खर्च पनि बढ्ने भएकोले गाडीको बिक्री मूल्य समेत बढाउनुपरेको कम्पनीले बताएको छ ।

टाटा मोटर्सले भारतीय बजारमा २३ अप्रिलदेखि लागू हुनेगरी आफ्नो गाडीको बिक्री मूल्य बढाएको हो । जसमध्ये प्यासेन्जर भेइकल (गाडी) को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढेको छ ।

कम्पनीले गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो । सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो ।

टाटा मोटर्सले यसपटक नेक्सन ईभी को मूल्य भने भारु २५ हजार (नेरु. ४० हजार) रुपैयाँले बढाएको छ । भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन् ।

भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्ने अनुमान कम्पनीको छ ।

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङमा टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध रहेको कम्पनीले बताएको छ ।

नेपाली बजारका लागि नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारीमा रहेको कम्पनीले बताएको छ । यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?