+
+

रासायनिक मल माग्दै युवा संघ हलो लिएर प्रदर्शनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १९:४१

७ असार,  दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ घोराही उपमहानगरपालिका कमिटीले हलो र जुवाको प्रदर्शन गर्दै रासायनिक मल अभावको विरुद्धमा घोराहीमा विरोध प्रदर्शन गरेको हो ।

विरोधसभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्ने अहिलेको सरकार किसान मारा भएको आरोप लगाए । उनले सरकारले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने र पेट्रोलियम पदार्थको मुल्य वुद्धि फिर्ता लिनु पर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?