+
+

लालपूर्जा दिलाउने आश्वासन दिएर ठगी, १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १९:५९

७ असार, वीरगञ्ज । लालपूर्जा दिलाउने आश्वासन दिएर नापी कार्यालय पर्साको सेवाग्राहीलाई ठगी गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । पर्साको पकहा मैनपुर गाउँपालिका–२ घर भई वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका ६० बर्षका दिनेश भनिने उमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

लालपूर्जा दिलाउने आश्वासन दिएर सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ ठगेको आरोप उनीमाथि लागेको छ । वीरगञ्जको आदर्शनगर स्थित एभरेष्ट बैंकबाट पक्राउ परेका उनको साथबाट प्रहरीले १ लाख २५ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

उनी निजामती कर्मचारीको जस्तै पोशाक लगाएर नापी कार्यालयमा आउने र कर्मचारीलाई अतिरिक्त रकमा लेनदेनमा सघाउने कार्यमा सक्रिय रहेको स्रोतले बताएको छ ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी राजनारायण झालाई उनले लालपुर्जा उपलब्ध गराउने ३ महिनादेखि झुलाउँदै आएका थिए । तर मंगलबार उनले लालपूर्जा तयार भएको खबर गरे । दिउँसो तीन बजे लालपुर्जा लिन आउनू भने ।

तर लालपूर्जाका लागि १ लाख २५ हजार रुपैयाँ दिनुपर्ने शर्त उनले राखे । सोही बमोजिम बैंकबाट रकम झिकेर पाण्डेलाई बुझाइएको थियो । यसबारेमा पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रहरीमा खबर पुगिसकेको थियो । प्रजिअकै निर्देशनमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले पाण्डेलाई बैंक भित्रैबाट पक्रेर ल्याएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?