+
+

गाँजासहित पर्सामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ७:०६

८ असार, वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका- ४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार पक्राउ परेका हुन् ।

पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

असार सात गते साँझ पाँच बजे अकुवा टोलमा लागुऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो ।

सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो ।

उनीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?