+
+

नेपाली बजारमा थ्री राइड मोड्स भएको टीभीएस अपाची मोटरसाइकल सार्वजनिक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:०६

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले टीभीएस अपाची आरटीआर१६० ४भी आरटीएफआई तथा बीएस-भीआईको नयाँ मोडलको मोटरसाकइल नेपाली बजारमा ल्याउने भएको छ ।

नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बीएस-भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट थ्री राइड मोड्स (रेन, अर्बन र स्पोर्ट मोड) रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युअल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त बीएस-भीआई कम्प्लेन्ट इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ ।

यसैगरी बीएस-भीआई कम्प्लेन्ट इन्जिन सहितको अपाची आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । यस आरटीएफआई टेक्नोलोजी युक्त इनजिन्ले माइलेजमा वृद्धि गर्छ भने बीएस-भीआई कम्प्लेन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टीभीएस को रेसिङ डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्‍याएको छ।

कम्पनीका अनुसार यस मोटरसाइकलमा स्मार्ट कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लूटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लीन एंगल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् । जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिन्छ।

जगदम्बा मोटर्सले यो नयाँ मोडलको मोटरसाइकल काठमाडौंको पर्पल हज रक बारबाट सार्वजनिक गर्ने कार्यक्रम छ । सार्वजनिक कार्यक्रममा प्रख्यात नेपाली ब्यान्ड कबवेब तथा नेपालका विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थिति रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?