+
+

अफगानिस्तानको भूकम्पमा मृत्यु हुने १ हजार नाघे, १५ सय घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १९:४५

८ असार, काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।

तालिवानका नेता हिब्तुल्लाह अखुन्दजादले अहिलेसम्म १ हजार ५०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको जानकारी दिएका छन् । उनका अनुसार उद्धारकर्ताहरुले भत्किएका घरमा पुरिएकाहरुको खोजी जारी राखेका छन् ।

विकट पहाडी क्षेत्रमा भएको क्षतिको विवरण आउन अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाँउमा पहिरो गएका र भत्किएका घरहरुको तस्वीर र दृष्यहरु आइरहेका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो पछिल्लो २ दशकमा अफगानिस्तानमा गएको खतरनाक भूकम्प हो । तालिवानले शासन गरिरहेको अफगानिस्तानमा खाद्य संकट छ । यो भूकम्पपछि थप संकटको खतरा बढेको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?