+
+

संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्न गठबन्धनमा सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते २०:३६
सत्तारुढ गठबन्धन बैठकको फाइल तस्वीर ।

८ असार, काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम सक्न संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधन गर्न सत्तारुढ गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियाबारे छलफल भएको हो ।

सरकारका प्रवक्ता एवम संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनको निम्ति छलफल केन्द्रित भएको जानकारी दिए । उनका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियामा अहिलेसम्म भएका कामबारे समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए।

कानूनमन्त्री बन्दीले आफूले अहिलेसम्म भएको प्रगतिबारे ब्रिफिङ गरेको र चाँडै संक्रणकालीन न्याय सम्बन्धी कानून संशोधन गर्ने सहमति भएको जानकारी अनलाइनखबरलाई दिए । ‘मैले अहिलेसम्म के के भयो भनेर ब्रिफ्रिङ गरेँ’, उनले भने, ‘चाँडो भन्दा चाँडो कानून संशोधन गरेर जाने सहमति भएको छ।’

उनले थपे, ‘एउटा परामर्श बाँकी छ । त्यो सकेर आएपछि कानून संशोधनको दिशामा अगाडि बढ्ने सहमति भएको छ ।’

कानून अभावका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले काम गर्न नसकेको बताइने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?