+
+

हाम्रो लक्ष्य अब वामपन्थीमा पहिलो दल : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १३:२५

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको बताएका छन् । देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए ।

स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए । ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ,’ प्रचण्डले भने, ‘हाम्रो सपना अब रुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’

गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारेको प्रचण्डले बताए । गठबन्धन भए ठीकै छ, नभए एक्लै भिड्ने गरी तयारी गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन ।’

उनले साउन १५ भित्र जित्ने र लोकप्रिय व्यक्तिलाई उम्मेदवारको टिकट दिइसक्ने तयारी भइरहेको समेत बतए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?