+
+

सुर्खेतमा बर्डफ्लु देखियाे

यज्ञ खत्री यज्ञ खत्री
२०७९ असार ९ गते १९:१०

९ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकामा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालेका टर्की कुखुरामा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले पुष्टि गरेकाे छ ।

बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको छ ।

बर्डफ्लु पुष्टि भएको कुखुरा फर्म आसपासको क्षेत्रमा स्यानिटाइज गर्ने निर्णय पनि वैठकले गरेको छ ।

बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएकाे पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले जानकारी दिए ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?