+
+

एन्फा भन्छ – नवीन पाण्डेको नियुक्ति विधान विपरीत छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १२:४५

१० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विदेश विभागको प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेकोमा आलोचना भइरहेको छ ।

एन्फा विधानको हवाला दिएर विदेशी नागरिकलाई फुटबलको विदेश विभाग प्रमुखको जिम्मेवारी दिँदा स्वार्थ बाझिनसक्ने आशंका गरिएका छन् । एन्फा विधानमा एन्फा, प्रदेश फुटबल संघ र जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्थाको पहिलो नम्बरमै ‘गैरनेपाली नागरिक’ भन्ने उल्लेख छ ।

त्यसकै आधारमा जर्मन नागरिक पाण्डेको नियुक्तिमा विरोध भएको हो । तर सोही बैठकबाट महासचिव नियुक्त भएका किरण राईले भने स्वयमसेवक जिम्मेवारी भएको हुनाले आफूहरुले विधान विपरीत हुने गरी कुनै काम नगरेको दाबी गरे । उनले यो विषयलाई धेरै उछाल्नु अर्थहीन हुने बताए ।

‘यहाँनेर थोरै भ्रम भएजस्तो लाग्यो । एन्फाको विधानमा गैरनेपाली नागरिक एन्फाको केन्द्रीय, प्रादेशिक र जिल्ला फुटबल संघको कार्यसमितिमा निर्वाचित वा मनोनित हुन नपाउने भनिएको,’ राईले अनलाइनखबरसँग भने, ‘नवीन पाण्डेलाई हामीले विदेश विभाग विज्ञका रुपमा नियुक्त गरेका हौं । विदेशी प्रशिक्षक र विज्ञहरु नियुक्ति गरेजस्तै हो उहाँको नियुक्ति ।’

त्यसो भए विज्ञ र विदेशी प्रशिक्षक नियुक्ति गर्दाजस्तै पाण्डेको नियुक्ति पनि सार्वजनिक सूचनासहित खुला प्रतिस्पर्धात्मक विधिबाट किन भएन ? भन्ने प्रश्न उठ्छ ।

अघिल्लो कार्यसमितिका प्रवक्तासमेत रहेका महासचिव राई भन्छन्, ‘विदेशी प्रशिक्षक र विज्ञ नियुक्ति गर्दा आर्थिक कारोबार मुख्य विषय हुन्छ । त्यसैले त्यसको प्रक्रिया अलग हुने भयो । हामीले हाम्रो आवश्यकताअनुसार स्वयमसेवकका रुपमा विदेश विभागमा पाण्डेको सहयोग लिने निर्णय गरेका हौं ।’

विदेश विभाग प्रमुखका रुपमा पाण्डेको नियुक्ति विवादमा तानिएको यो दोस्रोपल्ट हो । यसअघि अघिल्लो कार्यसमितिमा पनि कर्मा छिरिङ शेर्पाले आफू निर्वाचित भएलगत्तै उनलाई विदेश विभागसहित आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए ।

शेर्पाले आफ्नो सल्लाह कार्यान्वयन नगरेको भन्दै असन्तुष्टी सुरु भएपछि नियुक्तिको ८ महिनामै उनले दुवै पदबार राजीनामा दिएका थिए । विदेश विभाग प्रमुख बनेका पाण्डेले पंकज विक्रम नेम्वाङको चुनावी अभियानका मुख्य रणनीतिकारको भूमिका निभाएका थिए ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?