+
+

चितवनमा बल्छी हानेर माछा मार्ने क्रममा डुबेर बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १५:०३

१०  असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले दिएको जानकारी अनुसार शुक्रबार बिहान भरतपुर-२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।

वेपत्ता रिजालको विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोलीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?