+
+

आना र साम्राज्ञीबीच को राम्री देखिने प्रतिस्पर्धा !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १७:००

काठमाडौं । अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा दुवै फेसनको मामिलामा ‘कन्सस’ लाग्छन् । फेसनलाई लिएर दुवै जना सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय छन् ।

एक किसिमले लाग्छ, फोटो सेयरिङ वेबसाइट इन्स्टाग्राममा आना र साम्राज्ञीबीच को राम्री देखिने भन्ने होड नै चलिरहेको छ । युवापुस्तामाझ रुचाइएका यी दुईको स्वभाव पनि लगभग समानजस्तै छ ।

चुजी स्वभावका यी दुई बोल्ड र ब्युटीफुल देखिन्छन् तस्वीरमा । फिल्म मात्र होइन, रिलेसनसिपको गसिपले पनि यी दुई जनालाई पछ्याइरहन्छ । अहिले दुवै अभिनेत्री प्रेममा मस्त छन् । साम्राज्ञी रिलेसनसिपलाई लिएर गुपचुप छिन् भने आना खुलेरै प्रेम व्यक्त गरिरहेकी छन् ।

गायक सुशान्त केसीसँग आनाको खुलेरै प्रेम प्रदर्शन भइरहेको छ । साम्राज्ञी पनि यतिबेला एक युवकसँग डेटमा रहेको हल्ला छ । आना अहिले अनुपविक्रम शाहीसँगको नयाँ फिल्म ‘मायाको माया’मा व्यस्त हुने तयारीमा छन् ।

साम्राज्ञी चाहिं लन्डन ‘टु पेरिस’को छायांकनका लागि युरोप जाने तयारीमा छिन् भने उनी अभिनित ‘ह्यारीकी प्यारी’को छायांकन सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?