+
+

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे रविले दलको नाम फेर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १७:०२

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे ।

दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दा स्वतन्त्र उम्मेदवार बन्नेहरुप्रति अन्योल हुने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?